सुनको भाउ सामान्य घट्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १६ २०८२
969
SHARES

१६ मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३५ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३५ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।