प्रतिक्रान्ति परास्त गर्न ओली चाहिन्छ – बादल
१९ मंसिर काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सिंगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताए ।
“विधान संशोधन गरेर भए पनि एकताको महाविधेशन । पार्टीभित्र एकअर्कालाई निषेध गरेर जान हुँदैन । अहिलेको आवश्यकता पार्टीलाई सुदृढ गर्ने, नेतृत्वको रक्षा गर्ने हो ,” उनले भने ।
उनले पार्टी र देशका लागि केपी शर्मा ओलीको आवश्यकता भएको बताए । प्रतिक्रान्तिलाई परास्त गर्न ओलीको आवश्यकता रहेको भनाइ उनको छ ।ओलीले एमालेलाई सर्वाधिक लोकप्रिय बनाउन योगदान गरेको थापाले बताए । पार्टीमा आफ्नो भूमिका पनि आवश्यक भएको थापाको भनाइ छ । “नेतृत्वको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहना छ,” थापाले भने ।