जेनजी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको छ -सहसंयोजक नेपाल
२० मंसिर काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको दाबी गरेका छन्।
जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एसिड पीडित मुस्कान खातुन जस्ता युवा नेकपामा आएको र अझै थुप्रै जेनजी पुस्ताका नेताहरू पार्टीमा जोडिएको बताए। उनले देशभर जेनजी युवाको आकर्षण नेकपाप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेकपा अगाडि बढिसकेको बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए।