सबै कम्युनिस्टहरू एक हुनुपर्छ– नेता खनाल


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २० २०८२
2.1K
SHARES

२० मंसिर काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट एकैठाउँमा आउनुपर्ने बताएका छन् ।

२०६२/०६३ मा भएको जनआन्दोलन पुँजीवादी आन्दोलन भएको र त्यो आन्दोलनले मजदुर र श्रमिकको अधिकार सुनिश्चत गर्न नसकेको उनले बताए । जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद नहटेको उनले बताए । पुँजीवादी लोकतन्त्र विश्वमै थोत्रो भइसकेकाले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको उनको भनाइ थियो ।

त्यसका लागि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागेको उनले बताए । ‘नेपाली विशेषताको समाजवाद स्थापना गर्न पुँजीपतिहरूसँग साँठगाठ गरेर हुँदैन, आमजनतासँग मिलेर मात्र सम्भव छ,’ उनले भने, ‘यो धर्तीको स्वर्ग हो, समान्ती शासकहरूले यसलाई गरिबहरूको देश बनाए ।’