जनार्दन शर्मालाई गृहजिल्लामा कालो झण्डा


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
3.7K
SHARES

२१ मंसिर काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम गएका जनार्दन शर्मा प्रभाकरले विरोधको सामना गर्नुपरेको छ ।उनलाई रुकमका कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । स्थिति अप्रिय हुन नदिन सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।