रास्वपाको आन्तरिक उमेदवारी आवेदन खुला, २५ हजार शुल्क


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
2.1K
SHARES

२१ मंसिर काठमाडौं । रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुनका लागि आवेदन खुला गरेको छ । उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यका अनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । विपन्नहरुले पनि आवेदन दिन सक्नेछन् तर विपन्नता पुष्टि हुने कागजात पेस गर्नुपर्नेछ । आवेदकहरुमध्येबाट उमेदवार छनोट गरिने रास्वपाले जनाएको छ ।