महाधिवेशनमा हारे पनि पार्टी छाड्दैनौँ – वरिष्ठ नेता पोखरेल


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२
874
SHARES

२४ मंसि काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीको महाधिवेशनमा पराजित भए पनि आफूहरू सधैँ एमाले भएर रहिरहने बताएका छन् ।पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका पोखरेलले प्रतिष्पर्धामा जानेहरूले पराजयलाई पनि स्वीकार गरेर अघि बढ्ने मानसिकता बनाउनुपर्ने बताए । बुधबार (मंसिर २४) आफ्नो समूहको तर्फबाट आयोजित पत्रकार भेटघाटमा पोखरेलले आफूहरूले पराजय भोग्नुपरे पनि माधव नेपाल, भीम रावलहरूको जस्तो नयाँ छुट्टै पार्टी खोलेर नजाने बताए ।

महाधिवेशनमा आफूहरू विजय हुने विश्वास व्यक्त गर्दै पराजय भए पनि एमाले नै भएर काम गर्ने उनको भनाइ छ । “प्रतिष्पर्धा गर्न तत्पर हुने तर प्रतिष्पर्धाबाट प्राप्त हुने परिणामलाई स्वीकार गर्न नसक्ने । यो राजनीतिक संस्कारका रहेको कमजोरी हो,” पोखरेलले भने, “एउटा दृष्टान्त बनेको छ भीम रावलजी र माधव नेपालजीको कुरा । त्यस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन ।” पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वभन्दा पनि कार्यशैलीप्रति आफूहरूको प्रश्न रहेको बताए