म निर्विरोध हुन्छु – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२
3.2K
SHARES

२५ मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा आफू निर्विरोध अध्यक्ष बन्ने विश्वास व्यक्त गरेका छन्।  बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा आफ्नाविरुद्ध कोही पनि नउठ्ने बताए। ‘मेरो उठ्ने, नउठ्ने भन्ने कुरा अहिले पनि के लाग्छ भने अलिकति परिस्थिति त्यस्तोतिर गइराखेको देख्दिनँ,’ ओलीले भने, ‘फेरि पनि अलिक आशा छ मलाई कि मेरोविरुद्ध कोही नउठ्ला।

म निर्विरोध हुन्छु भने मेरो मूल्यांकन हो। त्यसो गर्दाखेरि राम्रो हुन्छ।’ यद्यपि, उनले भोलि बस्ने सचिवालय बैठमा यसबारे छलफल हुने उनले बताए।