एमाले चुनावबाट भाग्दैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०८२
3K
SHARES

२७ मंसिर काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले चुनावको वातावरण बनाउन नसकेको आरोप लगाएका छन्।

पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकारले संवाद छाडेर दलहरूमाथि निषेध गरेको बताए।उनले भने, ‘चुनावको जिम्मेवारी पाएको सरकारले संवादको सट्टा निषेध, घृणा, मिडिया ट्रायल, विभिन्न प्रकारको राजनीतिक दल विरोधी षड्यन्त्र, बहसको सट्टा मुद्दा, नेताको राहदानी रोक्का र स्थान हद यही हो चुनावको वातावरण बनाएकोरु’

उनले जनताले लोकतान्त्रिक विधिबाट निर्वाचन चाहेको बताए। उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत राख्ने एमाले चुनावबाट भाग्छ भन्ने नसोचे हुन्छ।’