विपक्षीले कारबाही गर्नुपर्छ भनेका छैनन् – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२
2.3K
SHARES

२८ मंसिर काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीले समेत तत्कालीन प्रधानमन्त्री (स्वयं उनी) लाई कारबाही गर्नुपर्छ नभनेको बताएका छन् । तर, ईश्वर पोखरेल समूहलाई लक्षित गर्दै उनले पार्टीकै केही नेताहरू अरुको एजेन्डा बोकेर हिँडेको भन्दै असन्तुष्टि जनाए ।

जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री रहेका केपी ओली सोही आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि गठित सरकारले बनाएको छानबिन आयोगमा बयान दिन नजाने अडान ओलीले लिइरहेका छन् । तर, पोखरेल पक्षले भने ओलीले आयोगमा गएर बयान दिनुपर्ने बताएका छन् ।

“विपक्षीले त तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भनेका छैनन्,” पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले भने, “हामी अरुकाे ऐजेन्डा बाेकेर हिँडेका छाैँ, आलोचनाका नाममा ।” एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा पोखरेलले ओलीलाई चुनौती दिने तयारी गरेका छन् ।