प्रचण्ड फर्किए काठमाडौँ


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २८ २०८२
2K
SHARES

२८ मंसिर काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन नगएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज बिहान काठमाडौँ फर्किएका छन्। शनिबार भएकाे एमाले महाधिवेशन उद्घाटन सत्रमा अतिथितको निम्तो पाए पनि प्रचण्ड गएका थिएनन्। उनी हिजो सुर्खेत पुगेका थिए।

उनी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका थिए। प्रचण्डले एमालेको महाधिवेशनमा शुभकामना मन्तव्यको लागि नेता देव गुरुङलाई पठाएका थिए।  प्रचण्ड आज बिहानै सुर्खेतबाट काठमाडौँ आएका उनको सचिवालयले जनाएको छ।  एमाले नेताहरूले प्रचण्डले महाधिवेशनमा शुभकामना दिन आउने बचन दिएर पनि नआएको बताएका छन्।