विप्लव भाईले धेरै फूर्ति नगर्दा हुन्छ – नेता पुन
१ पुस गोरखा । पुर्वउपराष्ट्रपति तथा नेपाली कम्युनिस्ट पार्टीका नेतानन्दकिशोर पुन ‘पासाङ’ ले देशको विकास र सम्बृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका उहाँले गोरखाको गण्डकी गाउँपालिकामा आयोजित नेपाली कम्युनिष्ट पाटीको पालिकास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाई बहुमत दिएर पठाउनुपर्ने बताउनुभयो ।
‘‘दुई तिहाई बहुमत नभएसम्म संविधान संसोधन गरेर अघि बढ्न सकिदैन्, पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, ‘‘जव जनताले दुई तिहाइ मत दिएर पठाउछ, तव जेनजीहरुले उठाएका माग पुरा गर्न पनि सम्भव छ ।’’ विप्लव भाईले धेरै फुर्ति नगर्दा हुन्छ , उनको साटगाठ प्रतिगामी ओलीसग रहेको आफले पुस्ठी गरेको समेत नेता पुनले बताएका छन्।

उहाँले संविधान संसोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पुर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडी बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
देशको राजनीतिक स्थायित्व, विकास र सम्बृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली अपरीहार्य रहेकोसमेत उहाँले बताउनुभयो । ‘‘नेपालमा केही हुँदैन, युवाहरुको भविस्य छैन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, उहाँले भन्नुभयो, ‘‘त्यो अन्यन्त गलत र भ्रम हो ।’’

अहिलेको प्रयासले मात्र नेपाललाई बैज्ञानिक समाजवादमा पु¥याउन नसिकने उहाँले बताउनुभयो । वामपन्थी शक्तिहरुलाई धुव्रीकरण नगरी समाजवादमा पुग्न नसकिने भएकाले टुटफुटमा रहेका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढेको उहाँको भनाई छ । पार्टीले कमजोर आर्थिक अवस्था भएका जनताको जीवनस्तर उकास्दै लगेर समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा उहाँले जोडदिनुभयो ।
जेनजी आन्दोलनले नेपालका राजनीतिक दलहरुलाई धेरै ठूलो धक्का दिएको पूर्वउपराष्ट्रपति पुनको भनाई छ । पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, ‘‘जेनजीले उठाएका मुद्दाहरु कार्यान्वयनमा हामी सर्घषरत रहेका छौ ।’’