मतदान गर्न ओलीलाई लाग्यो ५५ मिनेट


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २ २०८२
2.6K
SHARES

२ पुस काठमाडौं । नेकपा एमालेले नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिष्पर्धामा उत्रिएका छन् भने महासचिवमा शंकर पोखरेर र सुरेन्द्र पाण्डे प्रतिष्पर्धामा छन् ।बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि कम्तिमा पनि एक घण्टा ढिला गरी सुरु भएको थियो । अहिले प्राविधिकहरुले दिएको जानकारीअनुसार अध्यक्षका उमेदवारद्वयले मतदान गर्न कम्तिमा पनि ४० मिनेटजति खर्चिएका थिए ।

तर अध्यक्षका उमेदवार ओलीलाई ५५ मिनेट लागेको निर्वाचन समिति स्रोतले जानकारी दिएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार समाचार तयार पार्दासम्म १६० जनाले मतदान गरिसकेका छन् ।  विद्युतीय मतदान गर्न सकिने व्यवस्था भए पनि उमेदवारको संख्या ठूलो भएका कारणले समय लाग्ने देखिएको हो ।