प्रलोपाको बैठक विधान मस्यौदामा कन्द्रित


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस २ २०८२
2.6K
SHARES

२ पुस काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति बैठक आज दोस्रो दिन (बुधबार) पनि जारी छ । बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् ।  हिजो (मंगलबार) सुरु भएको बैठकमा ३१ जना सदस्यले धारणा राखेका थिए । हिजै पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले केन्द्रीय सदस्यहरूलाई शपथ खुवाएका थिए । बैठक विधान मस्यौदाका बारेमा केन्द्रित रहेको केन्द्रीय सदस्य जन्मदेव जैसीले जानरी दिए ।

जैसीले बाह्रखरीसित भने, “विधान मस्यौदामाथि बैठकमा छलफल भइरहेको छ । तल्लो तहको सुझावसहित हामी पारित गर्छौं ।” मंगलबार सुरु प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक आज सकिनेछ ।