उपाध्यक्ष मुकेश काभ्रेपलाञ्चोकबाट सिफारिस
२ पुस काठमाडौ । नेपाल निर्माण व्यवसायी महासंघका एसोसियट उपाध्यक्ष रामजी पन्त (मुकेश) लाई नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ बाट आगामी फागुन महिनामा हुने प्रतिनिधि सभा निर्वाचन का लागि सर्वसम्मत रूपमा सिफारिस गरिएको छ।
लामो समयदेखि निर्माण व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै आएका पन्त यस क्षेत्रका एक सफल, सक्षम र अनुभवी व्यवसायीका रूपमा परिचित छन्। उनले निर्माण व्यवसायका समस्या, चुनौती र सम्भावनाबारे गहिरो अनुभव हासिल गरेका छन्।
पन्त नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य समेत रहिसकेका छन्। पार्टी संगठन र नीति निर्माणमा उनको सक्रिय भूमिका रहँदै आएको छ।उनको उम्मेदवारीले काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा पार्टीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।