दोलखाबाट थापा सिफारिस


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ३ २०८२
11.2K
SHARES

३ पुस काठमाडौ । नेपाली कांग्रेस, दोलखा जिल्लाबाट ‘खस–आर्य’ तर्फको समानुपातिक संसदको बन्द सूचीमा निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष बालकृष्ण थापा सिफारिस भएका छन्।

निकै लामो समयदेखि निर्माण व्यवसाय क्षेत्रमा क्रियाशील रहँदै आएका थापा यस क्षेत्रका एक सफल, सक्षम र अनुभवी व्यवसायीका रूपमा समेत परिचित छन्। उनले निर्माण व्यवसायका समस्या, चुनौती र सम्भावनाबारे गहिरो अनुभव हासिल गरेका छन्।पार्टी संगठन र नीति निर्माणमा उनको सक्रिय भूमिका रहँदै आएको छ।