शहीद परिवारको न्यायका लागि लड्छौँ – सभापति लामिछाने
५ पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरेका छन् ।शनिबार काठमाडौं आएलगतै काठमाडौंको बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका सहीद परिवारसँग छलफल गरेका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै सहीद परिवारको न्यायका लागि लड्ने बताए । सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ ।
उहाले जेनजी र जेनजी सहिद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यवद्धता रहेको जिकिर गरेका छन् । सहिद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।