सभापति देउवा र अध्यक्ष ओलीबीच पुनः भेटवार्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस ७ २०८२
2.5K
SHARES

७ पुस काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता भएको छ । सोमबार (पुस ७) ओली देउवा भेट्न काठमाडौंको महाराजगन्जस्थित उनको निवास पुगेका हुन् । ओलीसँगै एमाले महासचिव शंकर पोखरेल पनि महाराजगन्ज गएका थिए । ‘जेनजी’ आन्दोलनपछि देउवा भेट्न ओली दोस्रोपल्ट महाराजगन्ज पुगेका उनको सचिवालयले जनाएको छ ।

भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन् । गएको मंसिर २९ गते ओली आफ्नी पत्नी राधिका शाक्यलाई लिएर देउवा दम्पती भेट्न महाराजगन्ज पुगेका थिए ।भदौ २४ गते जेनजी आन्दोलनका क्रममा देउवा दम्पती बूढानीलकण्ठस्थित निवासमा कुटिएका थिए । ओली दम्पती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हेलिकोप्टरमार्फत बाहिरिएका थिए ।