राष्ट्रपतिको पहलमा प्रधानमन्त्री र तीन शीर्ष नेताबीच शीतल निवासमा पहिलो वार्ता हुँदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
4.8K
SHARES

८ पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको बैठक आजै (मंबार, पुस ८) ३ बजे देखि बोलाएका हुन् ।

बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, सर्वोच्चमा हालेको रिटसहितका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।  भदौ २३ को जेनजी आन्दोलनपछि प्रमुख दलका शिर्ष नेतासँग राष्ट्रापतिले पहिलोपटक छलफल गर्न लागेका हुन् ।