चितवन ३ बाट रेनु दाहाल एकल सिफारिस


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १० २०८२
2.9K
SHARES

१० पुस चितवन । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट आगामी संसदीय निर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सर्वसम्मत सिफारिस भएकी छन् ।पार्टीको क्षेत्र नम्बर ३ को आज बसेको बैठकले क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका मेयर दाहाललाई प्रतिनिधिसभा उम्मेदवारको लागि एकल सिफारिस गरेको हो ।

मेयर दाहालका अनुसार आजको बैठकमा आगामी फागुन २१ गते तोकिएको संसदीय निर्वाचनको लागि उनको मात्रै एकल नाम सिफारिस भएको हो ।‘आज ३ नम्बर क्षेत्रको पार्टीको बैठक थियो । मेरो मात्रै नाम प्रत्यक्षतर्फ सिफारिस भयो’, दाहालले नेपाल प्रेससँग कुरा गर्दै भनिन्, ‘साथीहरूको विश्वासलाई स्वीकार गर्छु । महानगर छोडेर निर्वाचनमा अघि बढ्नुपर्छ । चुनौतीका बीच पार्टीको निर्णय स्वीकार गरेको हुँ ।’