मित्र परियारलाई प्रचण्डले भित्र्याए


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2.3K
SHARES

११ पुस काठमाडौं । श्रम संस्कृति पार्टीको उपाध्यक्षबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।नेकपाका संयोजक प्रचण्डले परियारलाई आज बिहान पार्टीमा भित्र्याए । परियार प्रचण्डको हात्तीवनस्थित निवास पुगेका थिए ।

बुटवलमा केही दिनअघि आयोजित सभामा परियारले अभद्र शैलीमा अभिव्यक्ति दिएको र जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनकरूपमा गालीगलौज गरेको भन्दै हर्क साम्पाङले परियारलाई उपाध्यक्षबाट निलम्बन गरेका थिए ।