नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार सिफारिस


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
2.1K
SHARES

११ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार सिफारिस भएका छन्।  आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार सिफारिस भएका नेकपा सर्लाहीले जनाएको छ। नेकपामा श्रेष्ठ पाँचाैँ बरियताका नेता हुन्। सो क्षेत्रबाट श्रेष्ठसँगै नेकपाका नेताहरू अच्युतम काफ्ले, रामेश्वर राय यादव, नरेन्द्र साह, राजकुमार यादव, सञ्जय गुप्ता, विश्वनाथ सिंह लगायत पनि उम्मेदवार सिफारिस भएका नेकपा सर्लाहीका एक नेताले जानकारी दिए।

०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए। त्यतिबेला निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका थिए। उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा साहले ३२ हजार १६८ मत ल्याएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने याे क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर यादव विजयी भएका थिए।

सर्लाही ३ मा हरिवन र बागमनी नगरपालिकासहितकाे भूगाेल पर्छ। स्थानीय तहकाे निर्वाचनमा यी दुवै पालिकाको मेयरमा माओवादी उम्मेदवार विजयी भएका थिए।