फागुन २१ मा जसरी पनि निर्वाचन हुनुपर्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस ११ २०८२
1.6K
SHARES

११ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।शुक्रबार हात्तिवनस्थित निवासमा भेटवार्ताका लागि पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा प्रचण्डले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

“नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्छ । र, फागुन २१ मा नै निर्वाचन हुनुपर्छ भन्ने नेपाली कम्युनिस्ट पार्टीको स्पष्ट धारणा दोहोर्‍याउनुभएको छ,” खरेलले भने, “र, निर्वाचनको लागि सरकारलाई सरकारले गर्ने प्रतिबद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नुभएको छ ।”

निर्वाचन सम्पन्न गराउन आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको मन्त्री खरेलले जानकारी दिए । प्रचण्डले निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गरेका खरेलको भनाइ छ ।