सबै पार्टी चुनावमा जान तयार छन् – सभापति देउवा


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १२ २०८२
2K
SHARES

१२ पुस काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल निर्वाचनमा जान तयार रहेको बताएका छन् । शनिबार (पुस १२) अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

सबै राजनीतिक दल निर्वाचनमा जान तयार भए पनि चुनावको वातावरण बन्न नसकेको उनले उल्लेख गरे । सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने र सुरक्षाको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए ।सभापति देउवाले भने, “सबै पार्टीहरू चुनावमा जान तयार छन् । कांग्रेसलगायत सबै पार्टी तयार छन् । तर, वातावरण बनिसकेको छैन, वातावरण बनाउनुपर्छ । सुरक्षाको व्यवस्था हुनुपर्‍यो । एमाले पनि तयार छ ।