प्रलोपासँग चुनावी एकता गर्दै कुलमान


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १३ २०८२
2.4K
SHARES

१३ पुस काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ।रास्वपा र र बालेन शाहसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन्।दुई पार्टीबीच आज ६ बजे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले बताए ।

प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई विद्युत् प्राधिकरणमा लगेका थिए।