जाँचबुझ आयोग पुगे रमेश लेखक


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १४ २०८२
1.9K
SHARES

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो ।

बयानपछि लेखकले पत्रकार सम्मेलन गर्दै छन् ।आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र लेखकमाथि स्थान हदसँगै विदेश जान लगाएको रोक पनि कायमै छ ।

यसअघि तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायतसँग आयोगले बयान लिइसकेको छ ।भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ गरी छानबिन प्रतिवेदन पेश गर्न गौरिबहादुर कार्कीको नेतृत्वमा सरकारले आयोग गठन गरेको छ ।