नेकपाले समानुपातिकमा सबै ‘नयाँ अनुहार’ पठाउने


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १४ २०८२
2.5K
SHARES

१४ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा वा राष्ट्रियसभामा यसअघि सांसद र मन्त्री भइसकेका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने भएको छ ।

प्रत्यक्ष वा समानुपातिकबाट यसअघि निर्वाचित भएकालाई यसपालि सिफारिस नगरिने नेकपाले जनाएको छ ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूची बुझाउने आज (पुस १४) अन्तिम दिन हो ।