भदौ २३ गते घुसपैठियाका कारण दुःखद घटना – रमेश लेखक


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस १४ २०८२
2.1K
SHARES

१४ पुस काठमाडौं । जेन-जी आन्दोलनको बेलाका गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताएका छन् ।जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा लेखकले जेनजीको जायज आन्दोलनमा पसेर घुसपैठियाले संसद भवन जलाउन खोज्दा दुःखद घटना भएको बताएका छन् ।

उनले सो घटनामा आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको समेत स्मरण गराएका छन् । उनले २४ गतेका घटनालाई अपराधिक विध्वंश र नियोजित षडयन्त्र भनेका छन् ।