वासु घिमिरेले एमाले छाडे


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १६ २०८२
2.2K
SHARES

१६ पुस रूपन्देही । नेकपा एमालेकाे ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यकाे उम्मेदार बनेर पराजित नेता तथा निवर्तमान  प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले पार्टी छाडेकाे घाेषणा गरेका छन् । उनी काठमाडौं गएर बालेन साहसँग भेटेकाे फाेटा मंगलबार सार्वजनिक भएको थियाे । उनलाई रूपन्देही २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गराइएकाे नेताहरूकाे दावी छ ।

रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने गरी प्रस्ताव आएको र त्यसमा सकारात्मक रहेको घिमिरेले जनाएका छन् । दिउसाे नेपाल प्रेससँग कुरा गर्दै उनले छलफल मात्रै भएकाे बताए पनि अहिले एमाले छाडेकाे घाेषणा गरेका हुन् ।

‘राष्ट्रका लागि तपाइँको आवश्यकता छ तपाइँ हाम्रो टीममा आउनुस् र सँगै अघि बढौं भन्ने कुरा भएको छ-उनले  भने- टुंगो लाग्न बाँकी छ, तैपनि म प्रस्तावप्रति सकारात्मक छु।’ उनले मुलुकले परिवर्तन खोजिरहेकाले प्रस्तावप्रति सकारात्मक रहेको र केही विषयमा कुरा टुंगिन बाँकी रहेकाले रास्वपा जाने टुंगो लागिनसकेको बताए।

घिमिरे बालेनको टीमबाट रास्वपा प्रवेश गर्न लागेका चर्चा केही दिनयता भइरहेकाे थियाे । बालेनले घिमिरेलाई उदाहरणीय कार्य गर्दै आएको भन्दै पटक पटक प्रशंसा गर्दै आएका थिए। तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख उनी २०७९ मा रुपन्देही ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।