सरकार फेरिनु हुँदैन – डा. बाबुराम भट्टराई


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १६ २०८२
2.2K
SHARES

१६ पुस काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्धारित समयमै चुुनाव हुनुपर्ने बताएका छन् । यही सरकारले चुनाव सम्पन्न गर्नु पर्ने उनको भनाइ छ । त्यसका लागि अठोट गर्न उनले सरकार, सबै राजनीतिक दल र नागरिकलाई आग्रह गरेका छन् ।शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले यही सरकारले निर्धारित मितिमै चुनाव सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । अन्यथा सोच्नु हुँदैन । यही नेतृत्व सक्षम छ,’ भट्टराईले भने ।

वर्तमान प्रधानमन्त्री सुशीला कार्कीकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका भट्टराईले आजित हैरान भएँ भन्ने प्रधानमन्त्री कार्कीको अभिव्यक्ति मानवीय स्वभावजन्य भएको टिप्पणी गरे । प्रधानमन्त्री कार्कीले केही दिनअघि दलदेखि जेनजीका विभिन्न समूहले आजै छोड भोलि नै छोड भन्ने गरेको भन्दै आफू आजित र हैरान भएको बताएकी थिइन् ।