महामन्त्रीसहितको विशेष महाधिवेशन घोषणासभा हुँदै
२३ पुस काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन अभियन्ताले संयुक्त रूपमा विशेष महाधिवेशन घोषणा सभा गर्न लागेका छन् ।अहिलेसम्म महामन्त्रीहरू उपस्थित हुने जानकारी गराइएको छैन ।
तर, एक विशेष महाधिवेशन पक्षका अभियन्ताका अनुसार पत्रकार सम्मेलनमा अभियन्तासँगै विशेष महाधिवेशन पक्षमा रहेकाहरू त्यहाँ उपस्थित हुनेछन् ।
महामन्त्रीद्वय त्यही भेलामा उपस्थित भएर विशेष महाधिवेशन घोषणा गर्नेछन् ।दिउँसो २ बजे आनन्द इभेन्ट, बानेश्वरमा डाकिएको बैठकमा महामन्त्रीद्वय एकसाथ सवा २ बजे प्रवेश गर्ने बताइएको छ ।