पार्टी जोगाउन सकिएन – कार्यवाहक सभापति खड्का


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ३० २०८२
1.6K
SHARES

३० पुस काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले नेतृत्व चयनको गृहकार्य गरिहेका बेला सानेपामा संस्थापन पक्षको भेला सुरु भएको छ ।हिजोदेखि लम्बिइरहेको केन्द्रीय समितिको बैठक आज बस्ने तयारी छ ।

सानेपा पुगेका कार्यकर्तालाई कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी जोगाउन नसकिएको बताए ।“उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,” खड्काले भने,“सहमतिका लागि हदैसम्मको लचकता देखाउनुभएको थियो । हस्ताक्षर छाड्छु भन्नुभएको थियो । हस्ताक्षर छोड्न तयार हुँदा पनि निर्वाचन प्रक्रिया रोक्नुभएन ।” उनका अनुसार विशेष महाधिवेशन पक्षधर पार्टी फुटाउनेतर्फ नै अघि बढेका छन् ।“उहाँहरु पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो,” उनको भनाइ थियो,“त्यसैले सहमति हुन सकेन ।”