देउवा नेतृत्वको समिति भंग भइसकेको छ – गगन थापा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ३० २०८२
2K
SHARES

३० पुस काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको समिति भंग भइसकेको बताएका छन् ।उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“२४८८ महाधिवेशन प्रतिनिधि यहाँ हुनुहुन्छ,” थापाले भने, “तपाईंहरुमात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? हामीले निर्वाचन आयोगमा समयमै जानकारी गराइसकेको छ । देउवाको नेतृत्वमा रहेको कार्यसमिति भंग भइसकेको छ । हामी नयाँ नेतृत्व चयनको प्रक्रियामा छौँ । यो कुरा सिंगो देश र नागरिकले सुनिरहेको छ । यो हो नेपाली कांग्रेस ।”