विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति घाेषित


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस ३० २०८२
2.3K
SHARES

१ माघ काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन् ।आज केन्द्रीय कार्यसमितिले निष्कासन गरेपछि थापालाई विशेष महाधिवेशनले सभापतिमा निर्विरोध निर्वाचन भएको घोषणा गरेको हो ।

यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तै महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् ।

महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन्  ।

त्यसै गरी, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन्।