२१ फागुनमै चुनाव हुन्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २ २०८२
2.5K
SHARES

२ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आफूले टिकट बाँड्न सुरु गरिसकेको बताएका छन् ।चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले आफ्नो दलको तर्फबाट हिजोदेखि नै टिकट बाँड्न सुरु गरेको बताए ।

चुनाव हुँदैन कि भन्ने शंका मनमा ल्याउनुभन्दा चुनावको तयारीमा अगाडि बढ्न उनले सबैसँग आग्रह गरे ।उनले भने, ‘मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरू जसरी अगाडि बढेका छन् र जनता पनि अब विस्तारै चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । म तपाईंहरू सबैलाई पनि हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीमा अगाडि बढ्न अपिल गर्न चाहन्छु । चुनाव हुन्छ । चुनाव हुनै पर्छ । अर्को कुनै विकल्प यो देशका लागि अहिले छैन । अर्को विकल्प असहज र अर्को दुर्घटना निम्त्याउने कार्य बन्न पनि सक्छ ।’