आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
1.6K
SHARES

४ माघ काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ सामान्य बढेको छ भने चाँदी सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलामा २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । यससँगै चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा ५ हजार ६४५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।