१० मिनेट बसेर निस्किए बालेन


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ४ २०८२
1.7K
SHARES

४ माघ काठमाडौं । काठमाडौं महागरपालिका मेयर बालेन शाह घण्टीघरमा पुगेर छोटै समयमा फर्किएका छन् ।उनी १० मिनेटमात्रै त्यहाँ बसेका थिए । आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर उनी नबसेको एक नेताले जानकारी दिए ।उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले भनेका छन् ।