एक थान सांसद जित्न रुकुम पूर्व आएको होइन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२
2.7K
SHARES

६ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू सांसद जित्नको लागि मात्रै रुकुम पूर्व नआएको बताएका छन्।

उम्मेदवारी दर्तापछि उनले भने, ‘रोल्पाबाट सुरु भएर रुकुममा सम्भवतः यो मेरो प्रत्यक्ष निर्वाचनको अन्तिम पनि हुन सक्छ। यो आफैँमा एउटा रेकर्ड जस्तो बनेको छ। केन्द्रीय आधार इलाकाको रूपमा स्थापित रोल्पाबाट सुरु गरेर केन्द्रीय आधार इलाकाका रूपमै स्थापित रुकुममा आएर उम्मेदवार दिनु आफैँमा मेरो लागि गर्वको विषय भएको छ।’उनले जनयुद्धका बेलाका सबै स्मरण मनमस्तिष्कमा ताजा रहेको बताए।उनले भने, ‘चुनवाङ बैठक जुन बैठकले नेपालमा झन्डै साढे दुई सय वर्ष पुरानो राजतन्त्रको अब अन्त्य गर्ने र देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको ढोका खोल्ने काम गरेको थियो। त्यो रुकुम पूर्वमै छ। अनि लावाङ बैठक, त्यो पनि हाम्रो पार्टी र आन्दोलनको इतिहासमा एउटा महत्त्वपूर्ण बैठक भएको थियो। त्यसले पार्टीलाई शुद्धीकरण गर्ने, पार्टीलाई अझ क्रान्तिकारीकरण गर्ने कुरामा ऐतिहासिक भूमिका खेलेको थियो। त्यो पनि रुकुम पूर्वमै छ।’आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध अभियान सुरु गरेको स्मरण गरे।