फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ७ २०८२
3.6K
SHARES

७ माघ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हने बताएकी छन्।निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार व्यक्त गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागेको स्पष्ट पारेकी छन्। सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगरिने र सबै सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित रहेको पनि उनले बताइन्।उनले निर्वाचन प्रक्रियामा देखिएको उत्साह र प्रतिबद्धताले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको उल्लेख गरेकी छन्।