कांग्रेसका मुख्यसचिव पौडेलले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ ८ २०८२
1.6K
SHARES

८ माघ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबार (माघ ९)देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले राजीनामा दिएका हुन् ।

०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । “मैले राजीनामा दिएको छु,” पौडेलले ग भने, “नवनिर्वाचित सभापतिलाई आफ्नो ढंगले काम गर्न सहयोगका लागि पनि हो । त्योभन्दा बढी म आफ्नो निर्वाचन क्षेत्रमा खट्नुपर्ने भएर हो ।”
उनले सभापति थापा वा अरू कसैले राजीनामा मागेको नभई आफूले स्वविवेकले पद छाडेको बताए ।
गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।