सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ ८ २०८२
1.7K
SHARES
८ माघ काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रतिनिधिसभा चुनाव लड्नका लागि यसअघिका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि प्रवक्ताको पद खाली थियो ।राजीनामा दिएका खरेल ललितपुर-२ बाट रास्वपाको उम्मेदवार बनेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट