अहिले देश बनाउने र जलाउनेबीचको लडाइँ चलिरहेको छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १० २०८२
2K
SHARES

१० माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ पार्टीहरूको कुनै गन्तव्य नभएको बताएका छन्। उनले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै कहाँ जान हिँडेको नै थाहा नभएको बताए।

च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूलाई लक्षित गरेर नारायण गोपालको गीत सम्झिँदै उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन थाहा छैन।’

उनले एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि अथक प्रयास गरिरहेको बताए। उनले नयाँ भन्नेहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाए। उनले अहिले देश बनाउने र जलाउनेबीचको लडाइँ चलिरहेको बताए।