राष्ट्रियसभा सदस्य निर्वाचन : मतदान सुरु


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ११ २०८२
1.8K
SHARES

११ माघ काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु गरिएको छ । आइतबार (माघ ११) बिहान ९ बजेदेखि मतदान थालिएको निर्वाचन आयोगले जनाएको छ ।  सातै प्रदेशमा मतदान सुरु गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुन लागेका १८ मध्ये एक पदमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदका निम्ति मतदान सुरु गरिएको हो । यस दिन दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको आयोगले जनाएको छ ।