तीनै तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ – डा. शेखर कोइराला


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ ११ २०८२
2.2K
SHARES

११ माघ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफूले लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् ।विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलन अघिदेखि पार्टीभित्र समेत युवाको प्रतिनिधित्व हुनुपर्ने मुद्धामा आफूले काम गरेको बताए ।जस्तोसुकै परिस्थिति आए पनि सुशासनका पक्षमा उभिने भन्दै कोइरालाले आफू ‘क्यापेन फर क्लिन पोलिटिक्स’को अभियानमा लागेको बताए । कोइरालाले भने, ‘युवाको माग र मुद्धामा मैले केही कञ्जुस्याइँ गरिनँ ।’

जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन क्लष्टरमा बाडेर अघि बढ्नुपर्ने बताउँदै आएको थिएँ । जसअनुसार केन्द्रीय तहमा २० प्रतिशत, प्रदेशमा ३० प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व हुनुपर्छ भन्दै आएँ । त्यो हुन सक्दा मात्रै युवाहरुलाई यहि देशमा राख्न सकिन्छ, भन्ने मेरो बुझाई हो ।’युवालाई प्राथमिकतामा राख्दै आफूले कांग्रेस पार्टीको चौधौं महाधिवेशनमा नेतृत्व तहमा समेत जिताएको उनले बताए । नेता कोइरालाले भने, ‘मुलुकलाई विकाससंगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीमा जिताएको हुँ ।’