सुनको मूल्यमा अर्को कीर्तिमान


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १२ २०८२
1.8K
SHARES

१२ माघ काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले एकपछि अर्को कीर्तिमान कायम गर्ने क्रम जारी छ । सोमबार (माघ १२) मा पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो । ५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।