सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड ब्रेक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, माघ १३ २०८२
1.7K
SHARES
१३ माघ काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउले दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हो । यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर तोलामा ६ हजार ८७० रुपैयामा कायम भएको छ। हिजो चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट