हात हल्लाएर फोटो खिचेर छू-मन्तर हुन्नँ – सभापति थापा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १३ २०८२
2.1K
SHARES

१३ माघ काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सक्दो समय आफ्नो निर्वाचन क्षेत्रमै बस्ने बताएका छन् । सर्लाही पुगेका थापाले मतदातासँग कुरा गर्दै अरू नेताहरूजस्तो हतार हतारमा आएर हात हल्लाएर फोटो खिचेर आफू नहिँड्ने बताए । उनले भने, ‘म यहाँबाट होइन, अरू निर्वाचन क्षेत्रहरू जान्छु, पार्टीको जिम्मेवारीमा छु । त्यसपछि फेरि आउँछु, सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ बस्छु । जति सक्छु त्यति ठाउँमा पुग्छु, गाउँमा पुग्छु । तर, म के चाहिँ गर्दिनँ यतिखेर भने, चुनावको बेलामा अहिले आएर हतार हतार गरेर सबै कुरा आएर ढाकछोप गरेर सबै कुरा गर्ने, अनि आएर फोटो खिच्ने, हात हल्लाउने, त्यसपछि गएर म छुमन्तर भएर जाने होइन ।’

उनले आफूलाई दुई लाइन भए पनि यहाँको भाषामा बोल्नुपर्छ सिक्नुस् भनेर पार्टीका नेताहरूले भनेपनि आफूले नमानेको बताए ।उनले भने, ‘म दुई लाइन यहाँको भाषामा बोल्ने सिकेर आएर, एकछिन आएर रातभरि घोकेर आएर यहाँ आएर गर्दिनँ । म यहाँको भइसकेपछि ६ महिनामा ८ महिनामा यहाँको प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु । ५ महिना, ६ महिना, ८ महिना, ९ महिना लाग्ला, १० महिना लाग्ला, १ वर्ष लाग्ला ।’

उनले आफू ९/१० महिनापछि एक लाइन नभई माइक समातेर यहाँको भाषामा भाषण गर्ने बन्ने बताए ।थपे, ‘सबै कुरा मैले गर्दै जाने हो । त्यसैले म नौटङ्की गर्दिनँ । चटकेजस्तो पनि कुरा गर्दिनँ । जिम्मेवार भएर तपाईँहरूको साथी, भाइ, छोराको जिम्मेवारी निर्वाह गर्न चाहन्छु । र, यो जिम्मेवारी निर्वाह गर्ने क्रममा तपाईँहरू सबैको साथ सहयोग रहन्छ र फागुन २१ सम्म अब यो त्यो नभनीकन अब हामी वडागत रूपमा छलफल गर्छौँ । छलफल गरेर केही कार्ययोजना बनाउँछौँ, त्यो कार्ययोजना अनुरूप तपाईँहरू सबैजना लाग्नुहुन्छ, मेहनत गर्नुहुन्छ ।’