देश फेरि दुर्घटनातिर जानसक्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १४ २०८२
2.7K
SHARES

१४ माघ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देशमा अझै अर्को दुर्घटना हुनसक्ने बताए ।

उनले भने, ‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ।’ उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिए।