गोरखाका ३०० सय युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश
१७ माघ काठमाडौ । आज गोरखा जिल्लाको आरुघाट गाउँपालिकाका २ सय ५० भन्दा बढी युवा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ ।नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका, माला र खादा लगाएर औपचारिक रूपमा पार्टीमा प्रवेश गर्नुभएको हो ।
पार्टी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार राजन गुरुङको संयोजनमा एकै पालिका ३०० सय बढि युवाहरुलाई आज पार्टी संयोजक प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो।
कार्यक्रममा प्रवेश गर्ने युवाहरूले प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा एमाले तथा नेपाली काँग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध हुनुभएको हो।
पार्टी प्रवेश गर्नेहरूमा भुजन गुरुङ, रोनिस बराम, दीपक तामाङ, इन्द्रबहादुर गुरुङ, सुपेन्द्र गुरुङ, सञ्जीव गुरु, टेकबहादुर बराम, गणेश बरामलगायत २ सय ५० भन्दा बढी युवाहरु रहनुभएको छ ।
कार्यक्रममा बोल्दै पार्टी संयोजक प्रचण्डले गोरखाको आरुघाटमा कमजोर रहेको पार्टी अब युवाहरूको प्रवेशले पार्टीलाई सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।