बजारमा सामान्य सुधार


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १९ २०८२
1.9K
SHARES

१९ माघ काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (माघ १९) सेयर बजार झिनो अंकले बढेको छ ।  कारोबार खुलेको १० मिनेटमा बजार बढेर २७०६.९७ विन्दुमा पुगेको थियो । तर, यो वृद्धि धेरै समय टिक्न सकेन । ११ः१८ मा बजार २७०० मुनि फर्कियो । त्यसपछि बजारमा उतारचढाव आइरह्यो ।

आजको बजारमा नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा बन्द भएको छ ।  यस दिन ३३० कम्पनीको कारोबार हुँदा ११४ कम्पनीको मूल्य घट्यो, १३४ को घट्यो भने १३ को स्थिर रह्यो ।  कारोबार रकमका आधारमा आज आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । अघिल्लो दिन नौ अर्बभन्दा माथिको कारोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीमध्ये एसवाई प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि सान्भी इनर्जी र बन्दीपुरको क्रमशः ९.९४ र ९.९३ प्रतिशतले बढेको छ ।